खुबी पहिचान गरेर अघि बढ्नुस्, सफलता पाउनुहुनेछ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले आफ्नो खुबी पहिचान गरेर अघि बढ्न युवाहरुलाई सुझाव दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अभिनेता हमालले जीवन सहज नभएको तर कहिले कहीँ आउने सहजतालाई उपभोग गरेर कृतज्ञ हुन आग्रह गरे । उनले आफ्नो खुबीको पहिचान गरी अघि बढ्नसके हरेक मानिस सफल हुने बताए ।

अभिनेता हमालले युवावस्थामा मेहनत गरी प्रतिफल पाउन नसकिने बताए । उनले क्षमता र अवसर पाए गर्नसक्छु भन्ने आत्मविश्वास हुनुपर्ने बताए ।

अभिनेता हमालले आजको प्रविधिको युगमा प्रविधिबाट धेरै कुराहरु गर्न सकिने बताए । उनले आफ्नो जीवन विकास र भविष्य निर्माणका लागि हरेक समयमा सक्रिय हुनुपर्ने बताए ।

लेखकका थप कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

आजको सेलिब्रेटी

राजेश हमाल

महानायक

नेपाली चलचित्रका जगतका सर्वकालिक सदावहार नायक राजेश हमाल उमेरले ६१ बर्षको हुनुभयो ।