आजकल धन सम्पति र सुख सयलको नाममा बर्षौ देखिको प्रेम टुहुरो बनाएका धेरै उदाहरणहरु छन् । तर प्रेमकै कारण राजपरिवारको भोगविलासपूर्ण जीवनबाट स्वतन्त्र हुन चाहनेहरुको संख्या धेरै छ । धेरैले प्रेम सम्बन्धका कारण दरबारको सुखसयल त्यागेका छन् । उहिलेका कुरामा प्रेमिका, श्रीमती, आर्थिक हैसियतलगायतका विषयलाई लिएर राजपरिवारको पदबी त्याग गरेका दुई राजकुमारीको सामान्य चर्चा गरिएको छ ।
राजकुमारी डायना
बेलायती राजपरिवारकी सर्वाधिक चर्चित राजकुमारी डायनाले प्रेमकै कारण ‘प्रिन्सेस अफ वेल्स’ को पदवी त्याग गरेकी थिइन् । राजकुमार चाल्र्स अर्कै महिला केमिलासँग नजिक भएका सम्बन्धहरूको चर्चा आउन थालेपछि राजकुमारी डायनाको युवराजसँगको वैवाहिक सम्बन्ध बिग्रिएको थियो । डायनाले सन् १९९६ मा चाल्र्ससँग पारपाचुके गरेर सामान्य नागरिक सरहको जीवन बिताउने निर्णय गरेकी थिइन् । राज परिवारको पद त्याग गरेपछि उनको सम्बन्ध अरू पुरुषहरूसँग जोडिन गएको पनि थियो । सञ्चारकर्मीको विशेष चासोमा परिरहेकी डायनाको पेरिसको एक भूमिगत बाटोमा तीव्र गतिमा हुइँकिएको सवारी दुर्घटनामा परेर सन् १९९७ मा ३६ वर्षको उमेरमा निधन भएको थियो । बेलायती राजकुमार चाल्र्ससँग सन् १९८१ मा विवाह बन्धनमा बाँधिएकी डायनाले चाल्र्सबाट दुई छोरा विलियम र ह्यारीको जन्म दिएकी थिइन् । ती। मध्ये उनका एक छोरा विलियम अहिले बेलायतका युवराज छन्। भने चाल्र्स अहिले बेलायतका राजा छन् ।
आयाको मोरिया
जापानी राजपरिवारकी राजकुमारी आयाको मोरियाले सर्वसाधारणसँग विवाह गरेकै कारण राजपरिवारबाट पाएको पदवी परित्याग गरेकी थिइन् । सन् १९९० मा जन्मिएकी राजकुमारी आया नोरिहितो, राजकुमार ताकामादोकी कान्छी छोरी हुन् ।
जोसाई युनिभर्सिटीबाट सामाजिक सेवामा स्नातक गरेकी आयाको भेट उनकै आमा हिसाको टोटोरी ‘प्रिन्सेस ताकामोदो’ ले केई मोरियाको परिवारसँग गराएकी थिइन् । केईको परिवार र हिसाको बीच पारिवारिक चिनजान समेत रहेको थियो । केई युनिभर्सिटीबाट ग्य्राजुएट मोरिया त्यो बेला एक पानीजहाज कम्पनीमा उपल्लो तहमै काम गर्थे । उनीहरूबीच भएको प्रेमले सन् २०१८ को अगस्टमा वैवाहिक रूप धारण ग¥यो । जापानी राजपरम्पराअनुसार राजघरानाका सदस्यले सर्वसाधारणसँग विवाह गरेमा राजपरिवारको उत्तराधिकारी पद त्याग्नुपर्ने परम्पराअनुसार राजकुमारी आयाकोले सोही वर्षको अक्टुबरमा पदत्यागको घोषणा गरिन् ।


