चारदेशिय टी-२०आई सिरिज, नेपाल हङकङसँग २ रनले पराजित 

काठमाडौं । युगाण्डामा जारी चारदेशिय टी-२०आई सिरिजमा नेपाल हङकङसँग २ रनले पराजित भएको छ । हङकङले दिएको १ सय १ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।कप्तान इन्दु बर्माले ३२ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । पुजा महतोले १९ र विन्दु रावलले १४ रन बनाउदा अन्य ब्याटर चल्न सकेनन् । बलिङमा हङकङकी मारिको हिलले सर्वाधिक २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०० रन बनाएको थियो । हङकङका लागि कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन बनाएकी थिइन् । बलिङमा नेपालका ईश्वरी विष्ट र कप्तान इन्दु बर्माले २-२, रचना चौधरी र पुजा महतोले १-१ विकेट लिएका थिए ।

लेखकका थप कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

आजको सेलिब्रेटी

राजेश हमाल

महानायक

नेपाली चलचित्रका जगतका सर्वकालिक सदावहार नायक राजेश हमाल उमेरले ६१ बर्षको हुनुभयो ।