न्यायपालिकाप्रतिको जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्छ : राष्ट्रपति पौडेल


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आम नागरिकको पहुँच सुनिश्चित गराई निष्‍पक्ष, छरितो, सहज एवम् सर्वसुलभ ढंगले न्याय प्रदान गरी न्यायपालिकाप्रतिको जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्ने बताउनुभएको छ ।
सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले आत्मसाथ गरेको मूल्य र मान्यताको अधीनमा रही संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारवाही समेटेर तयार गरिएका प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषय सम्बोधन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
उहाँले न्यायको पुनित उद्देश्य हासिल गर्ने अभियानलाई सार्थक तुल्याउन सर्वोच्‍च अदालतलगायत सबै तहका अदालत एवम् न्यायीक निकायले खेलेको भूमिकाको प्रशंसनीय रहेको बताउदै न्यायिक निष्‍पक्षता एवम् प्रभावकारी न्याय सम्पादनका लागि आगामी दिनमा अझ सशक्त भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो ।

लेखकका थप कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

आजको सेलिब्रेटी

राजेश हमाल

महानायक

नेपाली चलचित्रका जगतका सर्वकालिक सदावहार नायक राजेश हमाल उमेरले ६१ बर्षको हुनुभयो ।