काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा नेपालले चौथो हार व्यहोरेको छ । आज भएको खेलमा युगाण्डासँग ४० रनले पराजित भएसँगै नेपाल फाइनल होडबाट पनि बाहिरिएको छ ।
युगाण्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अलआउट भयो । कविता जोशीले सर्वाधिक १२ रन बनाइन् भने इन्दु बर्माले ११ रन बनाइन् । पाँचजना खेलाडीले खाता नै खोल्न सकेनन् ।
चौथो हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना सकिएको छ । पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा युगाण्डालाई एक विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल नामिबियासँग २३ रनले पराजित भएको थियो । नेपालले अब पाँचौं तथा अन्तिम खेल भोलि हङकङसँग खेल्नेछ ।


