पुडासैनी एनआरएनए बेलायतको अध्यक्ष निर्वाचित


बेलायत, १० साउन । एनआरएनए बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित हुनुभएको छ ।
बेलायतको समय अनुसार राति अबेर घोषणा गरिएको मत परिणाम अनुसार पुडासैनी दुई प्रतिष्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै एनआरएन बेलायतको अध्यक्ष बन्नुभएको हो ।
अध्यक्ष पदमा विजयी पुडासैनीले १४८२ मत प्राप्त पाउनु भयो । त्यस्तै अध्यक्ष पदका अर्का उम्मेद्वार गोविन्द खरेलले ९७७ र मनिष खत्रीले ४९६ मतमा पाउनु भयो ।

त्यस्तै खुला उपाध्यक्षमा उज्ज्वल कार्की १८८४ र डा रक्षा थापा १७२७ मत पाएर विजयी हुदाँ । शम्भु अर्याल र ज्ञानेन्द्र आलेले क्रमशः ११९६ र ९६१ मतमा चित्त बुझाउनु पर्यो ।

स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा रामप्रसाद कंडेलले १६०८ मत सहित जीत हासिल गर्दा उहाँका प्रतिश्पर्धी शशी कार्कीले ११७४ मत प्राप्त गर्नुभयो ।
महासचिवमा दिवाकर पाण्डेले १६६० मत पाएर जित हासिल गर्दा पुण्य रेग्मीले १२०१ पाउनुभयो ।
खुला सचिवमा डिएन खरालले १८७९ र कृष्ण देवकोटाले २३०९ मतसहित विजयी बन्नुभयो । भूपाल कार्कीले १३५६ मत प्राप्त गर्नुभयो ।

आइसीसी सदस्यमा विष्णु खरेल २३२५, तुंगभद्र भुषाल २२०७ र छविलाल अर्याल २०१५ मत ल्याएर विजयी हुदाँ देउमान इजम १८५३ मत प्राप्त गर्दै पराजित हुनुभयो ।

इंग्ल्यान्ड राज्य परिषद अध्यक्षमा राममाया विष्ट थापाले १०६९ मत पाएर विजयी हुँदा अहिल्या कुंवर ३ सय ४४ मत ल्याएर पराजित हुनुभयो ।

एनआरएनए यूकेको अध्यक्षमा निर्वाचित भएपछि पुडासैनीले, संस्थालाई महशुस गर्न सकिने, खोज्दा भेटिने र देखिने बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो ।
ग्रासरुट सम्म पुग्ने अभियान हामीले आजैबाट सुरु गरेका छौ । उहाँले भन्नुभयो हामी जहाँ भएपछि नेपाली भएर बाच्न परोस, हामी स्कटल्याण्डबासी नेपाली , हामी लन्डनबासी नेपाली । हामी स्कटल्याण्डबासी चै लन्डनबासी भन्दा छुट्टै हुनुपर्छ हामी मिडल्याण्डबासी चाँही अर्कोबासी भन्दा फरक हुनुपर्छ । हामी यो थरको मानिस चाही मिल्नु पर्छ भन्ने कुरालाई सर्वप्रथम खारेज गर्नुपर्छ ।
नेपालको राष्ट्यि गीतले भने झै सबै नेपाली एउटै सयौं थुगाँ फुलका एउटै माला बनेर एक हुन सक्नुपर्ने बताउनु भयो । सबै बेलायतबासी नेपालीलाई एकतावद्ध गर्ने आफ्नो पहिलो एजेन्डा भएको उहाँको भनाई छ ।

को हुन् पुडासैनी ?

नुवाकोटको साविक जिलिङ गाउंपालिका २, हाल बेलकोटगडी नगरपालिका ८ का स्थायी बासिन्दा पुडासैनी स्वर्गीय उपेन्द्र पुडासैनी तथा लोकमाया पुडासैनीका माइला सन्तान हुनुहुन्छ । २५ वर्ष अगाडि बेलायत आउनु भएका पुडासैनीले बेलायतको प्रतिष्ठित युनिभर्सिटीबाट एमबीए तथा बीएस्सी अनर्स प्राप्त गरेपछि बेलायतको स्वास्थ्य सेवा विभागमा विगत १५ वर्षदेखि काम गर्दै आउनु भएको छ । एमाले निकट
प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्ष समेत बनिसकेका पुडासैनी नेपालमा रहंदा सरस्वती बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति समेत हुनुभएको थियो ।
हाल इसेक्सको हार्लो शहरमा बस्दै आउनु भएका पुडासैनी यती नेपाली एसोसिएसन यूकेको दुईपटक महासचिव, विभिन्न संघसंस्थाको सल्लाहकार हुंदै सन् २०२१–२३ का लागि एनआरएनए अन्तराष्ट्रिय कमिटीको सदस्य बन्नुभएको थियो ।

लेखकका थप कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

आजको सेलिब्रेटी

राजेश हमाल

महानायक

नेपाली चलचित्रका जगतका सर्वकालिक सदावहार नायक राजेश हमाल उमेरले ६१ बर्षको हुनुभयो ।